काठमाडौ । लर्ड बुद्ध एजुकेसन फाउन्डेसन एलबीईएफका ३५ जना विद्यार्थीले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसन एपीयुमा शैक्षिक तथा सांस्कृतिक भ्रमण गरेका छन् ।
पाँच दिने भ्रमणका क्रममा विद्यार्थीहरूले अन्तर्राष्ट्रिय शैक्षिक वातावरणको अनुभव गर्न पाएका थिए भने प्रविधि र नवप्रवर्तनमा आधारित तालिमहरूमा सहभागिता जनाएका थिए । एपीयु भ्रमणका क्रममा विद्यार्थीहरूले विभिन्न शैक्षिक क्रियाकलापहरूमा भाग लिएका थिए । भ्रमणले नेपाल–मलेसियाबीचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन सहयोग पुर्याएको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई पंकज जालानले बताए । प्रशिक्षण सत्र, सांस्कृतिक आदानप्रदान कार्यक्रम, आइस ब्रेकिङ गतिविधि र युनिभर्सिटी अवलोकनजस्ता कार्यक्रमले विद्यार्थीहरूलाई अन्तक्र्रियात्मक सिकाइको अनुभव दिलाएको उनको भनाइ छ । नेपाली विद्यार्थीहरूले आफ्ना संस्कृति प्रस्तुत गर्दा मलेसियाका विद्यार्थीहरूले पनि आफ्नो परम्परागत प्रस्तुति पस्केका थिए ।
शैक्षिक कार्यक्रमबाहेक विद्यार्थीहरूले पेट्रोनास ट्विन टावर, बटु केभ्स, केएल टावर, इन्डिपेन्डेन्स स्क्वायर, जेन्टिङ हाइल्यान्ड्स, राजदरबार र पुत्रजयासहित मलेसियाका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण गरेका थिए ।