काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन उकालो लागेको छ । अघिल्लो दिन नौं दशमलव १९ अंकले उकालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि २८ दशमलव ९१ अंकले उकालो लागेर २६ सय ६० दशमलव ३९ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव १९ अंकले उकालो लागेर चार सय ५६ दशमलव ७५ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय नौं वटा कम्पनीहरुको ७० हजार दुई सय १४ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ५७ लाख ६४ हजार एक कित्ता शेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम सात अर्ब तीन करोड ३० लाख ५० हजार दुई सय ८६ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये उत्पादनमुलक र व्यापार उपसमुहको सुचक ओरालो लागेर बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।