काठमाडौं ।'अमेरिकी सहयोग कटौती गर्ने ट्रम्पको नीतिका कारण पाँच वर्षमा १ करोड ४० लाख मृत्युको जोखिम'युद्ध वा महामारीको जत्तिकै असर "कतिपय न्यून तथा मध्यम आय भएका मुलुकहरूका लागि यसको परिणाम भनेको विश्वव्यापी महामारी वा ठूलै सशस्त्र युद्धले पार्ने असर जत्तिकै हुने छ," ल्यान्सेटको रिपोर्टका एक सहलेखक डाभिडे रसेलाले भने।सहयोग कटौतीले 'दुई दशकदेखि जोखिमपूर्ण मानिसहरूको अवस्थामा भइरहेको प्रगतिलाई अचानक रोकिदिने – वा उल्ट्याइदिने' खतरा रहेको बार्सिलोना इन्स्टिट्यूट फर ग्लोबल हेल्थका अनुसन्धानकर्ता रसेलाले भने।संयुक्त राष्ट्रसङ्घद्वारा आयोजित एक दशककै सबभन्दा विशाल सहयोग सम्मेलनमा सामेल हुन दर्जनौँ विश्व नेताहरू यो साता स्पेनको सभिल सहरमा भेला हुँदै गर्दा यो रिपोर्ट सार्वजनिक भएको छ।
करिब १३३ देशका आँकडाहरू अध्ययन गरेर अनुसन्धानकर्ताहरूको टोलीले यूएसएडको सहयोगका कारण सन् २००१ र २०२१ को बीचमा ९ करोड १० लाख ज्यान जोगाएको अनुमान गरेका छन्।
मोडलिङको प्रयोग गरेर उनीहरूले ८३ प्रतिशत सहयोग कटौती हुँदा – अमेरिकी सरकारले यो वर्षको सुरुमा दिएको आँकडा – मृत्यु दरमा कति फरक पर्छ भनेर अध्ययन गरेका थिए।
उक्त अध्ययनमा सन् २०३० सम्म रोक्न सकिने १ करोड ४० लाख अतिरिक्त मृत्युहरू हुने प्रक्षेपण गरिएको छ। तिनमा ४५ लाख पाँच वर्ष उमेरमुनिका बालबालिका हुने अनुमान छ।विदेशमन्त्री रुबियोका अनुसार अहिले करिब १ हजार क्रियाशील कार्यक्रमहरू छन् जसलाई अमेरिकी कङ्ग्रेसको परामर्शमा विदेश मन्त्रालय मातहत 'थप प्रभावकारी' ढङ्गले कार्यान्वयन गरिने छ।
तर संयुक्त राष्ट्रसङ्घसँग सम्बद्ध कर्मचारीहरूका अनुसार धरातलीय अवस्थामा कुनै सुधार आएको छैन।
गत महिना एकजना राष्ट्रसङ्घीय अधिकारीले बीबीसीसँग बोल्दै अमेरिकाले दिँदै आएको खाद्य राशनमा व्यापक कटौती गरिदिएपछि केन्याको शरणार्थी शिविरमा बसिरहेका लाखौँ मानिसहरूले 'बिस्तारै भोकमरी' भोगिरहेको बताए।
उत्तरपश्चिमी केन्याको काकुमास्थित एक अस्पतालमा एक शिशु चलहल गर्न नसक्ने अति कुपोषित अवस्थामा रहेको बीबीसीले देखेको थियो।(बीबीसी)