काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कुनै पनि बजेट माग नगरेको स्पष्ट गर्दै सेजनले एक करोड रुपैयाँको निःशर्त अनुदान अस्वीकार गरेको छ।संस्थागत मौलिकता र पत्रकारिताको मर्यादा जोगाउँदै सेजनले हालसम्म मन्त्रालयबाट कुनैपनि अनुदान स्वीकार नगरेको जनाएको छ। सरकारी वित्तीय स्रोतको प्रभावकारी उपयोगबारे सरकारलाई खबरदारी गर्दै आएको सेजनले नागरिकको जीवनरक्षामा खर्च गर्नुपर्ने स्रोत पत्रकार संगठनमा खर्च गर्नु उपयुक्त नहुने बताएको छ।