काठमाडौं । नेपाल बैंक र लेट मि इन प्रालिबीच सम्झौता भएको छ । बैंकका अनुसार सोमबार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं, नयाँ बानेश्वरस्थित लेट मि इन प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
सो सम्झौताबमोजिम लेट मि इन प्रालिको कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्ससम्बन्धी सेवामा लाग्ने शुल्कहरूमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र ग्राहकहरूले विभिन्न उपचार सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र लेट मि इन प्रालिको तर्फबाट प्रबन्ध निर्देशक डोङ्ग सु माले हस्ताक्षर गरेका हुन् ।