काठमाडौं । भारतको नम्बर १ अडियो वेयरेबल ब्रान्ड बोटले नेपालमा आफ्नो आगमनको औपचारिक घोषणा गरेको छ । कम्पनीले नेपालमा अत्यधिक प्रशंसित ‘निर्भाना’ सिरिजको आधिकारिक सार्वजनिकमार्फत आफ्नो उपस्थिति औपचारिक बनाएको हो ।
उच्च प्रदर्शन क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज क्यान्सेलेसन) युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुनेछ । बोटलाई राष्ट्रियरूपमा टेलिटक प्रालि (रमेश कर्पअन्तर्गतको संस्था)ले वितरण गर्दै आएको छ । भारतमा बोटको चमत्कारी विस्तारलाई नेपालमा पनि समानरूपमा प्रतिविम्बत गरिएको छ ।