काठमाडौं । कर्णाली डभलपमेन्ट बैंक घोटालासम्बन्धी प्रकरणमा बैंकका तत्कालीन अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य पशुपति दयाल मिश्र पक्राउ परेका छन्। भारत फरार रहेको भनिएका मिश्रलाई प्रहरीले नेपालगञ्जबाट बुधबार पक्राउ गरेको हो।
मधेश आन्दोलनबाट उदाएका मिश्र २०७४ मा बाँके–२ बाट एमालेको तर्फबाट चुनाव लडेका थिए। यसअघि बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।
बैंकमा करिब २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको प्रारम्भिक छानबिनले देखाएको छ। राष्ट्र बैंकको अनुरोधमा सीआईबीले अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ।