काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा विभिन्न समूहले लगाएको तालाबन्दी तत्काल खोल्न आदेश दिएको छ। अधिवक्ता महेश भट्टराईको रिटमा न्यायाधीश नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेश जारी गर्दै गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरी वृत्त कीर्तिपुरलाई ताला खोल्न निर्देशन दिएको हो।
नेविसंघ र अनेरास्ववियू (क्रान्तिकारी) का विद्यार्थी नेता तथा आंशिक प्राध्यापक संघको आन्दोलनका कारण त्रिविमा एक महिनाभन्दा बढी समयदेखि तालाबन्दी थियो। यसले विश्वविद्यालयका पदाधिकारी, कर्मचारी र प्रशासनिक काम ठप्प बनाएको थियो। अब अदालतको आदेशपछि त्रिविमा सामान्य कामकाज पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।