काठमाडौँ । भक्तपुर गठ्ठाघरमा अवस्थित शैक्षिक परामर्श संस्था बिज एजुकेसन कन्सल्टेन्सीले चर्चित हास्य कलाकार जितु नेपाललाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । संस्थाको यसअघि पनि ब्रान्ड एम्बेसडर रहेका नेपाललाई पुन: एक वर्षको लागि ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको हो । गठ्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटीमा आयोजित विशेष कार्यक्रमबीच जितु नेपालले कन्सल्टेन्सीको तर्फबाट ब्रान्ड एम्बेसडरको सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा उनले सही परामर्शको अभावले धेरै नेपाली विद्यार्थीहरू विदेश अध्ययनको यात्रामा दुःख भोग्न बाध्य भएको उल्लेख गर्दै भरपर्दो संस्थाहरूको भूमिका अझ जिम्मेवारीपूर्वक हुनु आवश्यक रहेको बताए । बिज एजुकेसन कन्सल्टेन्सीले नेपाली विद्यार्थीहरूलाई युके, अस्ट्रेलिया, अमेरिकालगायत प्रमुख गन्तव्य देशहरूमा अध्ययन गर्न सहयोग गर्दै आएको छ । यस संस्थाको मुख्य कार्यालय भक्तपुर (गठ्ठाघर) मा रहेको छ भने पुतलीसडक, अस्ट्रेलिया र युकेमा समेत शाखा सञ्चालनमा छन् ।