काठमाडौं । शेयर बजार परिसुचक नेप्से अन्तत २७ सय बिन्दु उक्लिएको छ । अघिल्लो दिन ३४ दशमलव ४२ अंकले उकालो लागेको नेप्से सुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने नौ दशमलव १४ अंकले उकालो लागेर २७ सय तीन दशमलव ९६ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १९ अंकले उकालो लागेर चार सय ६४ दशमलव ४६ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ११ वटा कम्पनीहरुको ९६ हजार चार सय ११ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड ४९ लाख ७६ हजार तीन सय ६६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौं अर्ब ६४ करोड ५५ लाख ५० हजार छ सय ८० रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमु्ुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन, जलबिद्युत, लगानी, लघुवित्त र व्यापार समुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका नौं वटा उपसमुहहरको सुचक उकालो लागेका छन् ।