बझाङ, साउन २६ बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा ३७ दिनपछि पहिरोमा बेपत्ता भएका युवकको शव भेटिएको छ । गत असार १९ गते राति १२ बजे पहिरो खस्दा बेपत्ता भएका २१ वर्षीय गिरी जेठारा करिब ढेड महिनापछि आइतबार मृत फेला परेका हुन् । उनको शव स्थानीय लोकबहादुर जेठाराको घरपछाडि पुरिएको अवस्थामा फेला परेको गाउँपालिका विपद् व्यवस्थापन समिति संयोजक सुरेश जेठाराले बताए । उनका अनुसार स्थानीय लोक जेठाराले घरवरिपरि पसेको ढुङ्गामाटो हटाएर घर सफा गर्ने क्रममा आइतबार दिउँसो शव देखेका हुन् ।