काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले यही असार १८ गते बुधबारबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २९ करोड ४२ लाख ७६ हजार रुपैयाँबराबरको २९ लाख ४२ हजार सात सय ६० कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजीको ५९ प्रतिशतले हुन आउने ४४ लाख ५४ हजार पाँच सय ९६ कित्ता साधारण सेयर प्रतिकित्ता एक सय रुपैयाँका दरले निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्येबाट कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई नौ करोड नौ लाख १० हजार एक सय रुपैयाँबराबरको नौ लाख नौ हजार एक सय एक कित्ता सेयर बिक्री गरिसकेको छ । यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि तीन करोड ५४ लाख ५५ हजार रुपैयाँबराबरको तीन लाख ५४ हजार पाँच सय ५० कित्ता साधारण सेयर बिक्री गरी बाँडफाँट समेत गरिसकेको छ ।
कम्पनीले अहिले भने बाँकी रहेको साधारण सेयरमध्ये एक करोड ७७ लाख २७ हजार पाँच सय रुपैयाँबराबरको एक लाख ७७ हजार दुई सय ७५ कित्ता सामूहिक लगानी कोषको लागि र कम्पनीमा कार्यरत कर्मचारीहरूको लागि ७० लाख ९१ हजार रुपैयाँबराबरको ७० हजार नौ सय १० कित्ता सेयर सुरक्षित बाँकी रहेको २९ लख ४२ हजार सात सय ६० कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको सेयर खरिद गर्नको लागि आवेदन दिन सक्नेछन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही असार २२ गते र ढिलोमा असार ३२ गते बन्द हुनेछ ।