काठमाडौं । युनिभर्सिटी अफ ल (यु–ल)अन्तर्गत यु–ल बिजनेस स्कुलले ग्लोबल युनिभर्सिटी सिस्टम्स (जीयूएस)सँगको सहकार्यमा ‘यु–ल इन्गेज फोरम’ कार्यक्रम आयोजना गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा यु–ल बिजनेस स्कुलका निर्देशक डा एन्द्रेस पेरेज रुइजले नेतृत्व विकाससम्बन्धी मास्टरक्लास सञ्चालन गर्दै व्यावहारिक शिक्षाको महत्वबारे प्रकाश पारेका थिए । उनले यु–ल स्कुलको अन्तर्राष्ट्रिय अनुभव, करियर केन्द्रित कार्यक्रम र व्यावसायिक पाठ्यक्रमबारे जानकारी दिए । यु–ल युकेको सबैभन्दा ठूलो कानुनी शिक्षण संस्था हो, जसले क्युएस फाइभ स्टार मान्यता प्राप्त गरेको छ । यो शीर्ष एक सय कानुनी फर्ममध्ये ९१ सँग साझेदारीमा रहेको जनाइको छ ।
कार्यक्रममा बियुआईएलए उपाध्यक्ष उला ट्याङ–प्लोम्यान, जियुएसका ग्लोबल निर्देशक दीपांश सिंगला, दक्षिण एसिया निर्देशक राजु पौडेल र नेपाल प्रतिनिधि अंकित ढकालले नेपालमा युलको उपस्थितिबारे धारणा राख्दै अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा सहकार्यको सम्भावनाबारे चर्चा गरेका थिए । मास्टरक्लासपछि आयोजित नेटवर्किङ सत्रमा विभिन्न शैक्षिक संस्था, अभिकर्ता र साझेदारहरूले यु–ल टोलीसँग अन्तर्क्रिया गरेका थिए ।