बागमती । हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसको चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बिहीबार राति भएको दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय दीपेन्द्र कुमार झाको मृत्यु भएको हो ।