भोजपुर । चिरखुवा खोलामा पाँच करोड ६२ लाखको लागतमा २० दशमलव ६० मिटर लामो पक्की पुल निर्माण भएको छ । कोशी प्रदेश सरकारले उक्त रकम प्रदान गरेको हो ।
पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार षडानन्द नगरपालिका १ र ५ लाई जोड्ने चिरखुवा खोलामा पुल बनेपछि यी वडाका बासिन्दा ११ किलोमिटर घुमेर दिङ्ला पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । उनीहरुलाई अब जिल्ला सदरमुकाम पुग्न पनि सहज भएको छ ।
षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सर्वसाधारण पूर्वाधार विकास कार्यालयमार्फत निर्मित पुलबाट प्रत्यक्ष लाभान्वित भएका छन् । पुलमा हल्का सवारी साधन पनि सञ्चालन भएका छन् ।