काठमाडौं । मोरङ प्रहरीले प्रहरीको नाममा अपहरण र डकैती गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वाइसीएल विराटनगरका पूर्वसदस्य कुशल पाण्डे, समीर हुसेन र आशिव अन्सारी छन्।
प्रहरीका अनुसार असार ११ गते विराटनगर–१५ का विक्रमकुमार साहलाई ‘प्रहरी हुँ’ भन्दै अपहरण गरी ३ लाख ६४ हजार रुपैयाँ लुटिएको थियो। पीडितलाई विराटनगर–१४ मा लगेर छाडिएको थियो।
तीनै जना विगतमा पनि आपराधिक गतिविधिमा संलग्न रहेका थिए। पाण्डेमाथि दुई वटा ज्यान मार्ने प्रयास र एक अभद्र व्यवहार मुद्दा चलिरहेको छ। प्रहरीले उनीहरूलाई शरीर बन्धक बनाई डाँका गरेको अभियोगमा अनुसन्धान गरिरहेको जनाएको छ।