काठमाडौं । सुदूरपश्चिम प्रदेशमा राजनीतिक उथलपुथल चुलिएको छ। नागरिक उन्मुक्ति पार्टीले आज दिउँसो १२ बजे बसेको संसदीय दलको बैठकमार्फत प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ। प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले केन्द्रको निर्देशनअनुसार समर्थन फिर्ता लिएको बताएका छन् । पार्टीको निर्णयसँगै सुदूरपश्चिममा सरकारको बहुमत सङ्ख्या प्रभावित हुने देखिएको छ, जसले आगामी दिनमा सत्ता समीकरण फेरबदलको सम्भावना बलियो बनाएको छ।