काठमाडौं । एमएडब्लु वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक, विद्युतीय सवारी साधन (ईभी) मा केन्द्रित सर्भिस सेन्टर सञ्चालन गर्न लागेको छ । रणनीतिकरूपमा सहरका प्रमुख स्थानहरूमा स्थापना हुने यी सर्भिस सेन्टरहरूले एमएडब्लुका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
कम्पनीका अनुसार यी फ्यासिलिटीहरू डिपल, डोंगफेंग र सेरेस ब्रान्डका विद्युतीय सवारी साधनहरूका लागि मात्र समर्पित हुनेछन् । सर्भिस सेन्टरमा २५ वटा विशेष सर्भिस बेहरू रहनेछन्, जसले धेरै संख्याका गाडीहरूलाई एकैपटक सजिलो, सूक्ष्म र दक्षरूपमा मर्मत गर्न सक्ने क्षमता राख्नेछन् । एक्स्पर्ट केयरका लागि यी नयाँ केन्द्रहरू एमएडब्लुका दोस्रो र तेस्रो ईभी डेडिकेटेड सर्भिस वर्कसप हुनेछन् । यस विस्तारसँगै एमएडब्लु वृद्धिको ईभी सर्भिस सेन्टरको संख्या तीन पुग्नेछ । आफ्टर सेल्स सर्भिस र ग्राहकको विश्वासमा निरन्तर ध्यान दिँदै आएको एमएडब्लु वृद्धिले यसका माध्यमबाट ग्राहक सन्तुष्टि र दीर्घकालीन सेवासम्बन्धी प्रतिबद्धतालाई अझ मजबुत बनाउने प्रयास गरिरहेको छ । यी नयाँ सर्भिस सेन्टरहरू आगामी तीनदेखि पाँच महिनाभित्र पूर्णरूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । यसले नेपालको ईभी सेवा क्षेत्रमा नयाँ बेन्चमार्क स्थापित गर्नेछ ।