काठमाडौं । शेयर बजार परिसुचक नेप्से झिनो अंकले उक्लिएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक दुई दशमलव ४० अंकले उकालो लागेर २७ सय छ दशमलव ३६ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ६७ अंकले ओरालो लागेर चार सय ६३ दशमलव ७९ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १८ वटा कम्पनीहरुको ८७ हजार तीन सय ९८ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड ७१ लाख ३८ हजार तीन सय आठ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौें अर्ब ५० करोड तीन हजार दुई सय ६८ रुपैयाँ पुगेको ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएको छ । जसमध्ये बाणिज्य बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, होटल तथा पर्यटन, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त उपसमुहको सुचक ओरालो लागेका छन् ।