काठमाडौं, राजनीतिमा सक्रिय हुने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हाल राजनीतिक भेटवार्ता तिव्र बनाएकी छन्। यही क्रममा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग गोप्य भेटवार्ता गरेकी छन्।
गत बिहीबार मेयर बालेन भण्डारीको निजी निवास भंगाल पुगेका थिए। स्रोतका अनुसार उक्त भेट एमाले निकट एक नेताको पहलमा तय गरिएको थियो। भेटका क्रममा भण्डारीले महानगरको पछिल्लो विवाद, नीति तथा कार्यक्रम नआउनुको कारण र बजेट अवरोधबारे चासो राखेकी थिइन्।
मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यहरूसँग एकमत हुन नसक्दा बजेट प्रक्रिया अवरुद्ध भएको जानकारी गराएका थिए। महानगरमा कार्यपालिका बैठक नै बस्न नसकेकोले हालसम्म बजेट पेश हुन नसकेको अवस्था छ।