काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध दर्ता गरेको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन रहेको छ । पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाललाई जग्गामा गैरकानुनीरूपमा हदबन्दी छुट दिएको र जफत गर्नुपर्ने त्यही जग्गा बिक्रीका लागि समेत अनुमति दिएर १८ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाएको छ । यस प्रकरणमा चार जना पूर्वमन्त्रीलाई पनि भ्रष्टाचार मुद्दा चलेको छ । अभियुक्तमध्ये तीन जनाको मृत्यु भइसकेको छ । भ्रष्टाचार मुद्दा खेप्नेहरूको विवरण यसप्रकार छ– १. पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल २. पूर्व कानुन तथा न्यायमन्त्री प्रेम बहादुर सिंह ३. पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री स्व. डम्बर श्रेष्ठको हकमा उनको छोरा सन्तोष श्रेष्ठ ४. पूर्वमुख्यसचिव स्व. माधव प्रसाद घिमिरेको हकमा उनकी छोरी कमला घिमिरे ५. भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त ६. भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सहसचिव जीत बहादुर थापा ७. भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सहसचिव लालमणि जोशी ८. भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिव (कानुन) कलानिधि पौड्याल ९. भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिव गान्धी प्रसाद सुवेदी १०. भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिव हुपेन्द्रमणि के.सी. ११. भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन महानिर्देशक केशर बहादुर बानियाँ १२. भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन उपसचिव राजाराम थापा १३. भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन शाखा अधिकृत सिताराम पोखरेल १४. भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन नायब सुब्बा बुद्धि बहादुर कार्की १५. मालपोत कार्यालय, काभ्रेका तत्कालीन मालपोत अधिकृत प्रेम बहादुर देसार १६. मालपोत कार्यालय, काभ्रेका तत्कालीन नायब सुब्बा रामकृष्ण खत्री १७. मालपोत कार्यालय, काभ्रेका तत्कालीन नायब सुब्बा केदारनाथ भट्टराई १८. मालपोत कार्यालय, काभ्रेका तत्कालीन खरिदार बद्रीप्रसाद हुमागाईँ १९. मालपोत कार्यालय, काभ्रेका तत्कालीन नायब सुब्बा विनोद कोइराला २०. मालपोत कार्यालय, काभ्रेका तत्कालीन खरिदार पुष्प कुमार पौडेल २१. मालपोत कार्यालय, काभ्रेका तत्कालीन शाखा अधिकृत नवराज बस्नेत २२. मालपोत कार्यालय, काभ्रेका तत्कालीन नायब सुब्बा विष्णु प्रसाद होमागाईँ २३. मालपोत कार्यालय, काभ्रेका तत्कालीन नायब सुब्बा रामकाजी श्रेष्ठ २४. मालपोत कार्यालय, काभ्रेका तत्कालीन नायब सुब्बा हरिशरण श्रेष्ठ २५ मालपोत कार्यालय, काभ्रेका तत्कालीन नायब सुब्बा रामप्रसाद सत्याल २६. मालपोत कार्यालय, काभ्रेका तत्कालीन खरिदार रोसकाजी जस्पाउ २७. मालपोत कार्यालय, काभ्रेका तत्कालीन नायब सुब्बा कृष्णप्रसाद सापकोटा २८. मालपोत कार्यालय, काभ्रेका तत्कालीन खरिदार मोहनराम शर्मा २९. मालपोत कार्यालय, काभ्रेका तत्कालीन मालपोत अधिकृत जनार्दन गुरागाईँ ३०. मालपोत कार्यालय, काभ्रेका तत्कालीन मालपोत अधिकृत वेदप्रसाद अर्याल ३१. मालपोत कार्यालय, काभ्रेका तत्कालीन मालपोत अधिकृत (विशेष) शिवहरि शर्मा सुवेदी ३२. मालपोत कार्यालय, काभ्रेका तत्कालीन खरिदार हरिप्रसाद हुमेगाई ३३. मालपोत कार्यालय, काभ्रेका तत्कालीन शाखा अधिकृत उमेशराज दाहाल ३४. मालपोत कार्यालय, काभ्रेका तत्कालीन नायब सुब्बा तुलामणि राजभण्डारी ३५. मालपोत कार्यालय, काभ्रेका तत्कालीन नायब सुब्बा जीवरमण उप्रेती ३६. मालपोत कार्यालय, काभ्रेका तत्कालीन नायब सुब्बा मोहनप्रसाद पराजुली ३७. गुठी संस्थान, शाखा कार्यालय काभ्रेका तत्कालीन कार्यालय प्रमुख वैकुण्ठप्रसाद रेग्मी ३८. गुठी संस्थान, शाखा कार्यालय काभ्रेका तत्कालीन का.मु. कार्यालय प्रमुख कृष्णहरि भट्टराई ३९. गुठी संस्थान, शाखा कार्यालय काभ्रेका तत्कालीन वरिष्ठ सहायक पवनप्रसाद आचार्य ४०. गुठी संस्थान, शाखा कार्यालय काभ्रेका तत्कालीन फाँटवाला माधवप्रसाद होमागाईँ ४१. गुठी संस्थान, शाखा कार्यालय काभ्रेका कार्यालय सहायक राजकुमार सिग्देल ४२. तत्कालीन सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर कुमार महर्जन ४३. तत्कालीन सनराइज बैंकका सहायक महाप्रबन्धक नीता प्रधान ४४. तत्कालीन सनराइज बैंकका जोखिम विभाग अधिकृत सुजित पोखरेल ४५. तत्कालीन सनराइज बैंकका शाखा प्रबन्धक राजीव सापकोटा ४६. तत्कालीन सनराइज बैंकका अधिकृत ममता पराजुली ४७. तत्कालीन सनराइज बैंकका महाप्रबन्धक बलराम बिष्ट ४८. तत्कालीन सनराइज बैंकका सहायक महाप्रबन्धक आशा राणा अधिकारी ४९. तत्कालीन सनराइज बैंकका अनुपालन विभागमा कार्यरत सुनिल रत्न स्थापित ५०. तत्कालीन सनराइज बैंक जोखिम व्यवस्थापन विभागका प्रमुख सञ्जय कुमार सिद्धि ५१. तत्कालीन सनराइज बैंकका प्रमुख व्यवस्थापक रविन कुमार नेपाल ५२. तत्कालीन सनराइज बैंकका वरिष्ठ सहायक विक्रान्त कोइराला ५३. तत्कालीन सनराइज बैंकका उपप्रबन्धक मनोज न्यौपाने ५४. तत्कालीन सनराइज बैंकका जुनियर म्यानेजमेन्ट टे«ेनि एसु मैनाली ५५. पतञ्जली योग पीठ नेपाल ५६. पतञ्जली योग पीठ नेपालको संस्थापक सदस्य शालीग्राम सिंह ५७. भोजराज वाग्ले शर्मा ५८. ओम प्रकाश बंशल ५९. जीवनराज कँडेल ६०. मनु घिमिरे ६१. धु्रवराज थापा ६२. लक्ष्मण कार्की ६३. वीरेन्द्रलाल श्रेष्ठ ६४. भीमदत्त जोशी ६५. सुसम्जन्न हाउजिङ प्रा.लि. ६६. बासुदेव थापा ६७. शिवहरि थापा ६८. मन्जु कवां ६९. शिवराम त्वाना बासु ७०. राजेश त्वायना ७१. म्लाङ डोङ तामाङ ७२. दामोदर अधिकारी ७३. सुरेन्द्र कुमार कोइराला ७४. बद्रीभक्त नाऐभा ७५. मुलराज कोइराला ७६. यादव प्रसाद जोशी ७७. तुल्सीराम सुवाल ७८. लक्ष्मी केशरी जाकीबन्जार ७९. राकेश सुवाल ८०. रोशनी लक्ष्मी तुईतुई ८१. राजेश साँद ८२. न्हुछेरत्न खाईतु ८३. निर्मला पौडेल ८४. विक्रम प्रजापति ८५. प्रकाश खाइजु ८६. नारायण कृष्ण जोशी ८७. मिनु सुवाल ८८. नमीता भण्डारी ८९. अमित श्रेष्ठ ९०. चौतारामा प्राइभेट लिमिटेड ९१. अरुण कुमार सराफ ९२. विश्वरत्न शाक्य ९३. शेखर कुमार राणा