काठमाडौं । माछापुच्छ्र्रे क्यापिटल तथा अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडबीच सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्ने सम्झौता भएको छ । क्यापिटलका अनुसार अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, सेयरवालाहरूको लगत अद्यावधिक गर्नेजस्ता सम्पूर्ण सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्ने विषयमा आइतबार सम्झौता भएको हो ।
सम्झौता समारोहमा माछापुच्छ्र्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र हाईड्रोपावरको तर्फबाट प्रबन्ध निर्देशक वीरबहादुर घलेले हस्ताक्षर गरेका हुन् ।