काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले आफ्नो बहु—प्रतिक्षित ७.७, ‘ह्वाट द फ्ल्यास’ सेलको घोषणा गरेको छ । कम्पनीका अनुसार ७० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी र ६० लाख रुपैयाँ बराबरका भौचरसहित यो अभियान असार २३ देखि असार २७ सम्म चल्नेछ ।
सेलमार्फत नेपाली उपभोक्ताहरूलाई धमाकेदार किनमेल अनुभव प्रदान गर्ने लक्ष्य दराज नेपालले लिएको छ । यस वर्षको ७.७ सेलमा स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको आकर्षक संयोजन देख्न पाइनेछ । जारा, एचएन्डएम, एचआरएक्स र युएस पोलोलगायतका सात प्रतिष्ठित ब्रान्डले दराजमा आफ्नो कलेक्सन प्रस्तुत गर्नुका साथै, प्रत्येकले ७–७ ओटा विशेष उत्पादनहरू केवल सात सय ७७ रुपैयाँमा उपलब्ध गराउनेछन् । मामाअर्थ, भ्यान्स, कन्भर्स, नाइकीलगायतका सयभन्दा बढी अग्रणी एफएमसीजी तथा फेसन ब्रान्डहरूले फ्ल्याट ५० प्रतिशत छुट उपलब्ध गराउने छन् । यसबाहेक उपभोक्ताहरूका लागि रोमाञ्चक अनुभव प्रदान गर्ने सोचका साथ, फास्टेस्ट फिङ्गर फ्ल्यास सेलमार्फत छानिएका उत्पादनहरू सात रुपैयाँ, ७७ रुपैयाँ, सात सय ७७ रुपैयाँ र सात हजार सात सय ७७ रुपैयाँमा पाइने अफरहरू पनि उपलब्ध हुनेछन् ।
७.७ सेलको उद्देश्य केवल छुटमा मात्र सीमित नभई नेपाली उपभोक्ताका लागि उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्नु पनि हो । सेलले स्वास्थ्य र सौन्दर्य, फेसन, अडियो तथा वेयरेबल्स, फर्निचर, होम डेकोरलगायत थप विभिन्न श्रेणीमा अत्याधुनिक अफरहरूका साथ उपभोक्ताहरूलाई रोमाञ्चित बनाउने कम्पनीले आशा लिएको छ । दराजले ग्राहकहरूका लागि बेस्ट प्राइस ग्यारेन्टिड (बीजीपी) सुविधा पनि प्रदान गर्दै आइरहेको छ । यस सुविधाअन्तर्गत यदि कुनै ग्राहकले त्यही उत्पादन नेपालमा रहेको अरू कुनै अनलाइन प्लेटफर्ममा यसमा निर्धारित भन्खा सस्तो मूल्यमा पाउँछन् भने, दराजले तिनलाई मूल्य अन्तरको दोब्बर रकम फिर्ता पुरस्कारस्वरूप प्रदान गर्नेछ । तर, यसका लागि सर्तहरू भने लागू हुने कम्पनीले जनाएको छ ।
यस सेलअन्तर्गत चार सय ९९ रुपैयाँ वा सोभन्दा बढी खर्च गरेपछि छानिएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधा पनि प्राप्त गर्न सकिनेछ । ग्राहकहरूले यस सुविधाको उपयोगार्थ, दराज एपको होमपेजमा रहेको फ्रि–डेलिभरी ब्यानरमा क्लिक गरी भौचर संकलन गर्नुपर्ने हुन्छ ।