काठमाडौं, साउन २६ ब्रोकर नम्बर २५ को क्रिष्टल कञ्चनजंगा सेक्युरिटिज प्रालिमा घरमा नै बसेर अनलाइनमार्फत खाता खोल्न सकिने भएको छ । कम्पनीले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर घरबाट नै अनलाइनमार्फत नयाँ खाता खोल्ने, नवीकरण गर्ने एवं अद्यावधिक गर्ने व्यवस्था मिलाएको हो । कम्पनीको वेबपेजबाट ग्राहकहरूले यस्तो सुविधा लिनसक्ने कम्पनीले जानकारी दिएको छ । यो सेवाबाट ग्राहकहरूले आफ्नो डिम्याट खाता नवीकरण तथा अद्यावधिक गर्न कार्यालय धाइराख्नुुपर्नेछैन ।