काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पहिलो एभरेष्ट क्लब विजेतालाई सम्मान गरेको छ । कम्पनीले आव २०८१/०८२का लागि ल्याएको क्लब योजनामध्येको सर्वोच्च क्लब ‘एभरेष्ट क्लब’मा पुग्न सफल भएकी सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरेले पहिलो पटक उक्त क्लबको लक्ष्य पूरा गरेकोमा केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
आफ्ना अभिकर्ताहरूलाई प्रेरणा तथा हौसला प्रदान गर्ने उद्देश्यले उक्त सम्मान गरिएको थियो । सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन, विभागीय प्रमुखहरू र कर्मचारीहरूको उपस्थिति थियो । उक्त सम्मान कार्यक्रममा घिमिरेका श्रीमान् तथा परिवारका सदस्यहरूलाई समेत उपस्थित गराई हौसला प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले यो सम्मान केवल ‘एभरेष्ट क्लब’को लागि मात्र नभई जीवन बीमा व्यवसायमा निष्ठा, लक्ष्यप्रति प्रतिबद्धता र कठिन परिश्रमको लागि भएको बताए । कम्पनीले विभिन्न विधामा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै आएको भन्दै यसले सम्पूर्ण अभिकर्ताहरूलाई अझ ऊर्जावान् र प्रेरित बनाउने विस्वास उनले व्यक्त गरे ।