काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको २८औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । गत बुधबार भएको साधारणसभामा संस्थाले आर्थिक वर्ष २०८०/८१को वार्षिक प्रतिवेदन तथा उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने तथा प्राप्ति गर्नेलगायतका प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले प्राडा रामजी गौतम, सुशीला खनाल, रामचन्द्र देवकोटा, खिमलाल पौड्याल, रामलाल श्रेष्ठ र विष्णुप्रसाद ज्ञवालीलाई निर्विरोध सञ्चालक समितिमा निर्वाचित गरेको छ । संस्थाले आफ्ना सेयरधनी, ग्राहक, नियामक निकाय तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी र नवीन सेवा प्रदान गर्दै जाने लक्ष्य लिएको छ ।