रुपन्देही — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मर्चवारी गाउँपालिका–३ का वडा अध्यक्ष जनार्दन यादवलाई तीन लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार योजनाको भुक्तानी सिफारिस गर्ने प्रयोजनमा सेवाग्राहीसँग मोलमोलाइ गर्दै घुस लिइरहेका बेला यादवलाई पक्राउ गरिएको हो।

प्रहरी नियन्त्रणमा रहेका यादवमाथि थप अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ।