काठमाडौं ,अमेरिका पठाउने भन्दै युवायुवतीसँग ठूलो रकम ठगी गर्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ५४ वर्षीय स्वर्णिम कुमार बाँठाले आकर्षक तलबको प्रलोभन देखाई ६९ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए। उनी रुकुम पश्चिम स्थायी घर भई हाल दाङको तुलसीपुरमा बसोबास गर्दै आएका थिए।यस्तै, ४० लाख रुपैयाँ ठगी गरेका ४७ वर्षीय मिङमा डुण्डु शेर्पालाई पनि प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। शेर्पाको स्थायी ठेगाना ताप्लेजुङ मिक्वाखोला गाउँपालिका हो। प्रहरीले दुवै जनामाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।