काठमाडौं । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको परिवार भुटानी शरणार्थी प्रकरणमा छानबीनमा तानिएपछि छोरा प्रतीक थापा अहिले कारागारमा छन् ।
बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित गुरुङ पनि कारागारमा छन् । मुख्य अभियुक्त केशल दुलालको बयानको आधारमा बादल पत्नी नैनकला थापा पनि अनुसन्धानको दायरामा आउनुपर्ने हो तर ल्याइएको छैन । परिवार नै भुटानी काठमाडौं । शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका उपाध्यक्ष समेत रहेका बादलको सचिवालयबाट मुद्दा मिलाइदिन्छु भन्दै ठगीको धन्दामा चल्ने गरेको खुलेको छ ।
तत्कालीन गृहमन्त्री बादलका मुख्य स्वकीय सचिव थिए, उनकै पुत्र प्रतीक थापा । प्रतीकसहितको गिरोहमा चितवन घर भएका रेशम आले मगर, रञ्जित आले मगर र मनसुन विक्रम शाह भनिने व्यक्तिहरूको समूहले मुद्दा मिलाइदिन्छु भन्दै एक डाक्टरको ४८ लाख रुपैयाँ ठगी गरेको खुलेको छ । काठमाडौंको पुल्चोकस्थित श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएका डा. खत्रीको मुद्दा मिलाइदिने भन्दै प्रतीक थापा, रेशम आले मगर र मनसुन विक्रम शाहले ४८ लाख रुपैयाँ ठगी गरेका हुन् ।
सहकारीले डा. शितलको सम्पत्ति हडप्ने प्रपञ्च गरेपछि तत्कालीन गृहमन्त्री बादलको सचिवालयमा रहेको यो समूहले पीडित डा. खत्रीसँग एक करोड सहकारीमा दिए मिलाउन सकिन्छ भन्दै रकम डिल गरेका थिए । ४८ लाख रुपैयाँ लिएर यो समूहका सदस्यहरू फरार भएपछि डा. खत्रीले प्रहरीको साहारामा ४३ लाख ५० हजार रुपैयाँको होटल डे कोर्टियार्डको चेक दिएका थिए । त्यस्तै, डा. खत्रीसँग सहकारीका लागि भनी पैसा लिन आउने रेशम आले मगरले आफूहरूले लिएको रकम फिर्ता गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । तर, लामो समयसम्म पनि सम्झौता कार्यान्वयन हुनुको सट्टा बादलको सचिवालयमा रहेको यो गिरोह नै सम्पर्कविहीन भएको थियो ।
पीडित डा. खत्रीले जिल्ला अदालत ललितपुरमा मनसुन विक्रम शाहले दिएकोे होटल डे कोर्टियार्डको नामको ४३ लाख ३५ हजारको चेक अनादर मुद्दा दायर गरेका थिए । जिल्ला अदालत ललितपुरले २०७६ माघ १५ गते डा. खत्रीको पक्षमा फैसला गर्दै चेक अनादर मुद्दामा मनसुन विक्रम शाह, उनकी पत्नी सरु महत, रेशम बहादुर आले मगर र होटल डे कोर्टियार्डकी सञ्चालक सुरुची भण्डारीलाई दोषी ठहर गरेको छ ।
जिल्ला अदालतले गरेको फैसलाअनुसार चितवनस्थित रेशम आले, तत्कालीन गृहमन्त्री राम बहादुर थापा बादलका स्वकीय सचिव रञ्जित आले र उनका दाइ भक्त बहादुर आलेको जग्गा समेत रोक्का भएको छ । त्यस्तै, जिल्ला अदालत लतिलपुरले मनसुन विक्रम शाहले सञ्चालन गरेको भक्तपुरस्थित होटल डे कोर्टियार्डको सेयर समेत रोक्का राखेको छ ।
जिल्ला अदालत ललितपुरमा डा. खत्रीले फैसला कार्यान्वयनका लागि निवेदन दिई उक्त फैसला कार्यान्वयनमा समेत गइसकेको छ ।