जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह पक्राउ परेको छन् । किर्ते मुद्दामा उनलाई सोमबार धनुषा प्रहरीले पक्राउ गरेको बताइएको छ ।
किर्ते हस्ताक्षर गरेर प्रशासकिय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्रि गिरी, नासुद्वय मदन चौधरी र संजय मण्डललाई बर्खास्त गरेको भन्दै प्रहरीमा उजुरी परेपछि विधि विज्ञान प्रयोगशालाबाट समेत उक्त हस्ताक्षर परिषदका कार्यकारी निर्देशक बैजनाथ पासवानको नभएको पुष्टि भएपछि साहलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
पत्रकार महासंघको पूर्व कोषाध्यक्ष समेत रहेका साहले सूचना आयोगका प्रमुख आयुक्त सुरेश आचार्यसंग मिलेर प्रिन्टिङ प्रेस खोलेर पछि कब्जा गरेर आफ्नो मात्र बनाएका साहले राजनीतिलाई समेत आफ्नो अनुकुल प्रयोग गर्ने गरेका थिए ।
नेकपा एकिकृत समाजवादीको सिफासिमा बृहत्तर जनकपुरका अध्यक्ष नियुक्त भएका साह मुद्दाबाट जोगिनकै लागि पछिल्लो समय समाजवादी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका थिए ।