काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः नारायण बहादुर लोहनी नियुक्त भएका छन् । यसअघि पनि सोही कम्पनीमा प्रमुख कार्यकारी रहेका लोहनीलाई आगामी चार वर्षको लागि पुन प्रमुख कार्यकारीमा नियुक्त गरिएको कम्पनीले जानकारी दिएका छन् ।