काठमाडौँ, उपभोक्ता अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै चिकित्सकहरू देशभर आन्दोलनमा उत्रिएका छन्।नेपाल चिकित्सक सङ्घको आह्वानमा सोमबारदेखि सुरु गरिएको आन्दोलन अन्तर्गत मङ्गलबार आकस्मिक र सघन उपचार बाहेकका सबै सेवा बन्द गरिएका छन्। आन्दोलनरत चिकित्सकहरूले काठमाडौंको माइतीघरमा प्रदर्शनसमेत गरेका छन्।
चिकित्सकहरूले उपभोक्ता अदालतको पछिल्लो फैसलाले नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको, चिकित्सकलाई हतोत्साहित बनाएको र असुरक्षा बढाएको आरोप लगाएका छन्।
नेपालभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सेवा बन्द हुँदा सर्वसाधारणले स्वास्थ्य सेवा लिन कठिनाइ भोग्नुपरेको छ।