नेपाल वायुसेवा निगमले वाइडबडी विमानका इन्जिन मर्मतसम्बन्धी प्रकाशित समाचारहरूलाई कपोलकल्पित, भ्रामक र गलत नियतसहितको भन्दै खण्डन गरेको छ।निगमले सोमबार विज्ञप्ति जारी गर्दै दुई वाइडबडी विमानका चारवटै इन्जिन मर्मत तथा लिजका लागि २०८१ फागुन १० गते उपसमिति गठन भई टेन्डर प्रक्रियाको तयारी भइरहेको स्पष्ट पारेको छ।
सिंगापुरमा रोल्स रोयस कम्पनीसँग भएको छलफल प्राविधिक जानकारी, लागत अनुमान र बजार व्यवस्थापनका लागि भएको बताउँदै निगमले प्रारम्भिक छलफललाई नियोजित रूपमा तोडमोड गरिएको जनाएको छ। निगमले पारदर्शिता कायम गर्दै टेन्डर प्रक्रियामार्फत काम अगाडि बढिरहेको जानकारी दिँदै भ्रामक समाचारबाट भ्रमित नहुन सबैमा आग्रह गरेको छ।