काठमाडौं । सिटिजन्स सदाबहार योजनाको बिक्री खुला भएको छ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको रकम ५० करोडको एसआईपी समेत गर्न सकिने प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजना सञ्चालन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट सञ्चालन अनुमति प्राप्त यही असार १३ गतेदेखि असार २७ गते बैंकिङ समयसम्म एकाइ बिक्रीका लागि खुला रहेको छ । यो सिटिजन्स सदाबहार योजनाको प्राथमिक निष्काशनमार्फत एकाइ खरिद गर्नका लागि एकाइधनीहरूले मिति २०८२ असार २७ गते (शुक्रबार) साझ ५ बजेसम्म मात्र आवेदन दिन सकिने बेहोरा सूचित गरिन्छ ।
योजनाको एकाइ खरिद गर्नका लागि आफ्नो मेरो सेयर खातामार्फत वा सि–आश्वा सदस्य बैंक तथा वित्तिय संस्थाहरू र तिनका तोकिएको शाखा कार्यालयहरूबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । यस योजनामा सहभागी हुनका लागि न्यूनतम एक सय कित्ता र अधिकतम पाँच लाख कित्ता एकाइ (अर्थात् प्रतिएकाइ रु. १० को दरले न्यूनतम रकम एक हजार र अधिकतम रकम पाँच करोडसम्म) खरिद आवेदन दिन सकिने प्रावधान रहेको छ । यस योजनाको वित्तीय प्रक्षेपणअनुसार औसत वार्षिक प्रतिफल १५ दशमलव १० प्रतिशतले हुने अनुमान गरिएको छ ।
सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श लगानी व्यवस्थापन र म्युचुअल फन्डमा निरन्तर नयाँ आयामहरू थप्दै ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा सीईओ सबिर बादे श्रेष्ठ रहेका छन् ।
नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरूसँग प्रत्यक्ष सरोकारका कामहरू गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सहलगानी रहेको छ । काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिस्ट्रर कार्यालय रहेको छ ।
काठमाडौंबाहिरका लगानीकर्ताहरूले पुँजी बजारमा प्रत्यक्षरूपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर)को सेवा सिटिजन्स बैंकका देशभरिका सम्पूर्ण शाखा कार्यालयहरूबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरूलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समूहबाट सेवा प्रदान गर्दै आएको छ ।