काठमाडौं । मञ्जुश्री फाइनान्सले लक्ष्मी माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । फाइनान्सका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत इटहरी शाखामार्फत लक्ष्मी माध्यमिक विद्यालय, इटहरी–०७ बज्रालाई, विभिन्न शैक्षिक तथा आवश्यकताका सामग्रीहरू सहयोगस्वरुप हस्तान्तरण गरिएको हो ।
फाइनान्सले २० थान पंखा, १३ थान डस्ट्बिन, १० थान बाल्टिन, आठ कार्टुन स्यानिटरी प्याड, एक थान वाटर डिस्पेन्सरका साथै एक थान कलर प्रिन्टर तथा स्क्यानर गरी करिब एक लाख ३० हजारबराबरको सामग्री विद्यालयलाई हस्तान्तरण गरेको जानकारी दिएको छ । प्राथमिक तहदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरूलाई शिक्षा दिँदै आइरहेको यस विद्यालयमा करिब साढे तीन सय अध्यनरत छन् ।
समाजको सेवामा सदैव तत्पर मन्जुश्रीले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना विभिन्न शाखाहरूमार्फत सहयोग पुर्याउँदै आइरहेको छ । फाइनान्सले हालसम्म २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब १८ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । हालको मितिसम्म एक लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाइ सेवा पुर्याउँदै आइरहेको यो फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको दाबी पनि मञ्जुश्रीले गरेको छ ।