काठमाडौं । नेपाल एसबिआई बैंकले ३२औँ वार्षिकोत्सव मनाएको जानकारी दिएको छ । सो अवसरमा बैंकले शपथग्रहण समारोहको आयोजना गरेको थियो जहाँ बैंकका सबै कर्मचारीहरूले बैंकप्रतिको जिम्मेवारीका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले बैंकको उपलब्धिको बारेमा प्रकाश पारे । साथै, उनले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्नेमा पनि जोड दिए । त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत, विकास आनन्दले बैंकको उपलब्धिमा योगदान पुर्याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै योगदानको निरन्तरताका लागि आग्रह गरे । प्रमुख वित्तीय अधिकृत, राजेशकुमार पंडाले सबै सरोकारवाला तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे ।