काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा सीजी मेरिडिया ५५ इन्च काराओके क्युएलईडी टीभी सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा पहिलोपटक डिस्प्ले विथ बुल्ट इन काराओके इन्टरटेनमेन्ट एकैसाथ ल्याएको हो ।
कम्पनीको ‘लेभल अप’ अभियानअन्तर्गत विकसित यो प्रविधिशील टेलिभिजन अब केवल हेर्ने मात्र नभई गाउने, रमाउने, र आफैँलाई प्रस्तुत गर्ने एक निजी स्टेज बन्न गइरहेको छ । हरेक नेपालीले अब आफ्नै सेक्रेट रकस्टार सिधै आफ्नै घरबाट खोज्न सक्नेछन् । यस टीभीका विशेषतामा क्युएलईडी प्लस फोरके युएचडी डिस्प्ले, क्वान्टम डट प्रविधिसँग जीवन्त र स्पष्ट दृश्य, इन्फाइनाइट स्क्रिन डिजाइन, झिनो बेजलका कारण अधिक सिनेमाटिक अनुभव, एचडीआर १० प्लस, अधिक गहिरो कन्ट्रास्ट र सजीव रंग, बिल्ट इन काराओके सिस्टम, डुअल माइक इनपुट, भोकल इफेक्टलगायत छन् ।