काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन शुन्य दशमलव १४ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार भने २२ दशमलव शुन्य चार अंकले उकालो लागेर २७ सय पाँच दशमलव ९० बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७६ अंकले उकालो लागेर चार सय ६४ दशमलव ४७ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १६ वटा कम्पनीहरुको ६२ हजार आठ सय ८४ पटकको कारोबारमा एक करोड ५८ लाख २२ हजार नौं सय ७० कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम सात अर्ब ४५ करोड १८ लाख ७७ हजार एक सय दुई रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, होटल तथा पर्यटन, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।