काठमाडौं । पूर्वउपरथी प्रेम शाहीले प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध सैनिक अदालतले गरेको बर्खास्ती आदेशविरुद्ध सर्वोच्च अदालतमा राखेको निवेदन फिर्ता लिएका छन्।पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाकट रहेका शाहीले शर्माको कार्यकालमा बदनियपूर्वक कारबाही भएको आरोप लगाउँदै अदालत पुगेका थिए। तर, शर्माले अवकाश पाएपछि र नयाँ नेतृत्वमा अवस्थित अशोक सिग्देलको पालामा उनले निवेदन फिर्ता गरेका हुन्।
बुधबार न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले निवेदन फिर्ता हुने आदेश गरेको छ।शाहीसँगै तत्कालीन सैनिक नेतृत्वले कुलदिप तिम्सिना र महेन्द्रजंग शाहलाई पनि कारबाहीको दायरामा ल्याएको थियो। उनीहरूमाथि थुनामुक्तको रिट परेको थियो।
शाहीले आफ्नो जन्ममिति गलत भएको भन्दै रिट दिएका थिए, जुन सैनिक आन्तरिक समितिले पनि पुष्टि गरिसकेको थियो तर तत्कालीन रक्षामन्त्रीको समिति सदर नगरेको थियो।यसअघि अदालतले अन्तरिम आदेश दिएपछि शाहीलाई नियन्त्रणमा समेत लिइएको थियो। आर्थिक अनुशासनको आरोप लागेका शाहीको घरमा छापा समेत परेको थियो। उनको निवेदन फिर्ता पछि यस प्रकरणमा नयाँ मोड आएको छ।