रोल्पा,रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत हेमराज घर्ती मगरसहित सात जना कर्मचारी तीन दिनदेखि सम्पर्कविहीन थिए। आज बिहान उनीहरूले गाउँपालिका अध्यक्ष ऋषि केशव बुढामगरलाई फोन गरी आफूहरू गुल्मीको दुर्गम गाउँमा सुरक्षित रहेको जानकारी दिएका छन्। कामको सिलसिलामा रुकुम पूर्वतर्फ गएका उनीहरूलाई नेटवर्क नहुँदा सम्पर्क गर्न कठिनाइ भएको थियो। प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले पनि उनीहरू सकुशल रहेको पुष्टि गरेका छन्। सम्पर्कविहीन कर्मचारीहरूमा सहायक प्रशासन हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कँडेल, सब–इन्जिनियर चन्द्रप्रकाश ओली, निशा आचार्य, खापास्टे शिवकुमार वली र सवारी चालक प्रदीप केसी रहेका छन्। गाउँपालिका अध्यक्ष बुढामगरले बुधबार विज्ञप्ति जारी गरी सम्पर्कविहीन भएको जानकारी दिएका थिए।