काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मपत्नी सीता दाहालको दोस्रो स्मृति दिवसका अवसरमा मानवसेवा आश्रमको विकासका लागि सधैँ साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौँको रानीवनस्थित आश्रम कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले हेटौँडाको केन्द्रीय कार्यालयको उद्घाटन पनि आफैँले गरेको स्मरण गर्दै आश्रमका लागि निरन्तर सहयोग रहने उल्लेख गरे ।
उनले शुक्रबार आश्रितहरुलाई भोजन सेवा प्रदान गर्दै स्व. सीताको स्मृतिलाई दिगो राख्न र सबैका निम्ति प्रेरणा मिलोस् भनेर आश्रममा आएको बताए । उनले राज्यले गर्नुपर्ने काम चुनौतीपूर्ण र संवेदनशील क्षेत्रमा आश्रमले गरिरहेको बताए । उनले आफ्नो तर्फबाट संस्थाको विकासमा सहयोग जारी रहने प्रतिबद्धता जनाउदै आश्रमलाई धन्यवाद दिए ।