काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा बा ८५प ४८२२ नंको मोटरसाइकल अनियन्त्रित भएर बा प्र ०२–०४२ प ९८२२ नंको स्कुटरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । चन्दागिरि नगरपालिका–१५ तीनथानास्थित सडकमा शुक्रबार बिहान मोटरसाइकल स्कुटरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले सोही नगरपालिका–४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकालको मृत्यु भएको जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको सहिद मेमोरियल अस्पताल कलङ्कीमा उपचारका क्रममा मृत्यु भएको हो । सोही अस्पतालमा उक्त दुर्घटनामा घाइते भएका स्कुटरमा सवार दुई जनाको उपचार भइरहेको छ ।