काठमाडौं, देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका उच्च–पहाडी र हिमाली भू–भागमा वर्षा वा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।