काठमाडौं, साउन २७ नयाँ नेपाल लघुुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार संस्थाको एक लाख ६८ हजार कित्ता बोनस सेयर नियमित कारोबारको लागि सूचीकृत भएको हो । केन्द्रीय कार्यालय काभ्रेको धुुलिखेलमा रहेको संस्थाको पछिल्लो पटक आठ सय ३४ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । बजार पुँजीकरण ८४ करोड छ लाख ७२ हजार रुपैयाँ पुुगेको संस्थाको नेप्सेमा भने प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको १० करोड आठ लाख रुपैयाँबराबरको १० लाख ८० हजार कित्ता सेयर सूचीकृत रहेको छ ।