काठमाडौँ, देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोदेखि नै देशभर बदली रहनेछ भने अधिकांश प्रदेशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावनासमेत रहेकोले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।