काठमाडौं । ब्लु इनर्जीले त्रिशुलीमा सुपर त्रिशुलीको नाममा निकाल्न लागेको एक सय मेगावाटको विद्युत् आयोजनामा जापानी लगानीकर्ता कम्पनी जे पावरले साझेदारी गर्ने प्रयास पनि अन्यौलमा परेको छ । लगभग १६ अर्ब लगानीको सुपर त्रिशुली आयोजना डेमिनन इन्भेस्टमेन्ट र अरुण सराफ समूहको स्वामित्व रहेको छ । सराफविरुद्ध गैरकानुनीरूपबाट ८८ करोड रुपैयाँ रकम भित्र्याएको आरोप लागेको र पतञ्जली योग पीठको जग्गा घोटालामा सराफ मुछिएको कुरा थाहा भएपछि जापानी लगानीकर्ता पक्ष जे पावर हच्किएको छ ।