दमौली (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा सोमबार दिउँसो ग २२ प ३९८९ नम्बरको स्कुटर रोकिराखेको बा १ क ८७१४ नम्बरको मिनी ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको स्कुटर सडकखण्डको बायाँपट्टि रोकि राखेको मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१२ छिर्कने बस्ने अन्दाजी २५/३० वर्षीय सागर न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
दुर्घटनामा स्कुटरमा सवार सोही ठाउँ बस्ने ६० वर्षीय कृष्णमाया पन्त घाइते भएकी छन् । घाइते पन्तलाई थप उपचारका लागि गण्डकी मेडिकल अस्पताल पोखरा पठाइएको छ । दुर्घटनामा घाइते न्यौपानेलाई रत्नहरि अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ थापाले बताए ।