काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन २९ अंकले उकालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने ३५ दशमलव शुन्य नौं अंकले ओरालो लागेर २७ सय २५ दशमलव ७१ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ८३ अंकले ओरालो लागेर चार सय ७४ दशमलव ३५ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २१ वटा कम्पनीहरुको ७२ हजार छ सय एक पटकको कारोबारमा दुई करोड ११ लाख दुई हजार पाँच सय ४० कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम आठ अर्ब १७ करोड २१ लाख ४३ हजार तीन सय २६ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत उपसमुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।