महेन्द्रनगर,२९४ पाना फरक परेको भन्दै विपक्षी दलले बहिष्कार गरे पनि मधेस प्रदेशको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित भएको छ। सभामुख रामचन्द्र मण्डलले सत्तारूढ दलको उपस्थितिमा बजेट पारित भएको घोषणा गरे ।
विपक्षीले अर्थ मन्त्रालयले कार्यदललाई दिएको र सभामा पेश गरिएको रेडबुक फरक परेको भन्दै सरकारमाथि आर्थिक अनियमितताको आरोप लगाउँदै अर्थमन्त्रीको राजीनामा माग गरेका छन्।
मुख्यमन्त्री सतिष सिंहले भने प्रणालीजन्य त्रुटिका कारण पाना फरक परेको र विगतमा पनि कम बजेट भएका योजना रेडबुकमा नल्याइएको प्रचलन दोहोरिएको स्पष्टीकरण दिए ।
यसबीच सत्ता पक्षका केही सांसदले समेत बजेटको पारदर्शितामाथि प्रश्न उठाएका छन्।