खोटाङ । यहाँको बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ मावर्षीया इन्द्रा राईको गएराति मोबाइल फोन चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । घाइते इन्द्रालाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको फाक्टाङका वडाध्यक्ष सन्तोष आचार्यले जानकारी दिए ।